‘निर्वाचन पूर्वनियोजित थियो’ : ओलीको आरोप, मतदाताको निर्णयमाथि प्रश्न

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै चुनावी प्रक्रिया र परिणाममाथि गम्भीर प्रश्न उठाएका छन्।

निर्वाचनपछि पहिलोपटक सार्वजनिक रूपमा बोल्दै ओलीले चुनावलाई “तमासा” र “नाटक”को संज्ञा दिए। उनले प्राप्त नतिजा स्वाभाविक नभई पूर्वनिर्धारित रहेको दाबी गरे।

“चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो। यो परिणाम पूर्वनिर्धारित परिणाम थियो,” ओलीले भने, “यही परिणामका लागि चुनाव गराइएको थियो। हाम्रो पार्टीले यो कुरा बुझेको थियो, अरू पार्टीहरूले साँच्चिकै चुनाव हुन्छ ठाने।”

ओलीले मतदानमा प्रयोग गरिएको मसीको विश्वसनीयतामाथि समेत शंका व्यक्त गर्दै यसबारे छानबिन हुनुपर्ने बताए। उनका अनुसार निर्वाचन प्रक्रियाका केही पक्षहरू अनुसन्धानको विषय बन्न सक्छन्।

२१ फागुनमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुईतिहाइ बहुमत हासिल गरेको थियो भने एमाले तेस्रो स्थानमा सीमित भएको थियो।

ओलीको अभिव्यक्तिपछि निर्वाचनको निष्पक्षता, पारदर्शिता र नतिजाको विश्वसनीयताबारे राजनीतिक वृत्तमा थप बहस हुने देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.