दिल्लीमा रवि–मोदी भेट: नेपाल–भारत सहकार्य र साझा समृद्धिबारे छलफल

सम्पत्ति छानबिन आयोगले बहालवाला तथा निवृत्त उपसचिव वा सोभन्दा माथिका कर्मचारीहरूको सम्पत्ति विवरण माग गर्न थालेपछि राष्ट्रिय किताबखाना (निजामती) मा सेवाग्राहीको चाप अत्यधिक बढेको छ। चाप व्यवस्थापन गर्न विभागले अब आफ्ना सेवा पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउन थालेको छ।

राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार सेवाग्राहीको सहजताका लागि ‘डिजिटल डकुमेन्ट एक्सेस सर्भिस’ सुरु गरिएको हो। यसअन्तर्गत कर्मचारीहरूको तलबी आम्दानीको निस्सा अब अनलाइनमार्फत उपलब्ध हुनेछ।

विभागले आफ्नो वेबसाइटमा २०१७ सालदेखि हालसम्मको पद, तलब स्केल र ग्रेडसम्बन्धी विस्तृत विवरण राखेको छ। साथै ‘तलब र ग्रेड सिट’ शीर्षकमा सबै जानकारी उपलब्ध गराइएको छ भने गणना गर्न मिल्ने क्याल्कुलेटर समेत राखिएको छ।

यसअघि विवरण लिन कार्यालयमै धाउनुपर्ने बाध्यता रहेकोमा अब सेवाग्राहीले भौतिक रूपमा उपस्थित नभई दुई डिजिटल माध्यमबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

पहिलो, ह्वाट्सएपमार्फत सेवा लिन सकिनेछ। सेवाग्राहीले ९७१४४९९२४० नम्बरमा आफ्नो नाम, पद र संकेत नम्बर पठाएर विवरण प्राप्त गर्न सक्नेछन्। तर प्राविधिक कारणले ह्वाट्सएपमा पठाइने विवरण २४ घण्टापछि स्वतः मेटिने व्यवस्था गरिएको छ।

दोस्रो, इमेलमार्फत पनि विवरण लिन सकिनेछ। सेवाग्राहीले talabi.partibedan@pis.gov.np मा आफ्नो विवरण पठाएर आवश्यक कागजात प्राप्त गर्न सक्ने विभागले जनाएको छ। महानिर्देशक पोखरेलका अनुसार इमेल विधि तुलनात्मक रूपमा सुरक्षित र दीर्घकालीन हुने भएकाले यसलाई प्राथमिकता दिन आग्रह गरिएको छ।

प्राविधिक त्रुटि वा गणनामा समस्या आएमा सेवाग्राही स्वयंले विभागको वेबसाइटमा उपलब्ध ‘तलब र ग्रेड सिट’ प्रयोग गरी आफ्नो विवरण पुनः जाँच गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

विभागले बढ्दो चापलाई ध्यानमा राख्दै सेवा प्रणालीलाई पूर्ण रूपमा ‘फेसलेस’ बनाइएको जनाएको छ। साथै कार्यालयमा धाएर समय खर्च नगरी डिजिटल माध्यमबाट सेवा लिन सबै सम्बन्धित कर्मचारीहरूलाई आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.