रास्वपाले ७७ जिल्लामा अधिवेशन गराउन गठन गर्‍यो निर्वाचन समिति

राष्ट्रिय स्वतन्त्र पार्टी ले देशभरका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार शनिबार र आइतबार हुने जिल्ला अधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सबै जिल्लामा निर्वाचन समिति गठन गरिएको हो। उनले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढिरहेको जानकारी दिए।

केसीका अनुसार बागमती र मधेस प्रदेशका केही स्थानीय तहमा उजुरी परेकाले ती क्षेत्रमा अधिवेशन स्थगित गरिएको छ। साथै, केही स्थानमा पुनः निर्वाचन गराउन निर्देशन समेत दिइएको उनले बताए।

रास्वपाको विधानअनुसार जिल्ला समितिमा सभापति, उपसभापति, सचिव, सहसचिव र पाँच जना समावेशी सदस्य रहने व्यवस्था छ। यस्तै प्रत्येक निर्वाचन क्षेत्रबाट एक–एक प्रतिनिधि चयन गरिनेछ।

निर्वाचित जिल्ला समितिबाट सभापतिले एक जना कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान रहेको छ। समिति बिजोर बनाउन आवश्यकताअनुसार थप दुई वा तीन सदस्य मनोनयन गर्न सकिने व्यवस्था पनि विधानमा रहेको पार्टीले जनाएको छ।

यसअघि प्रदेश अधिवेशनको तयारीका लागि कर्णाली र सुदूरपश्चिम बाहेकका प्रदेशमा केन्द्रीय निर्वाचन आयोगका सदस्यलाई समन्वय तथा सहजीकरणको जिम्मेवारी दिइएको थियो।

रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवन मा आयोजना हुने तय भएको छ। जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्व र प्रतिनिधिले महाधिवेशनको तयारी तथा संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.