हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा

हेटौँडा। मकवानपुरको हेटौँडा सिटी कलेजले चारवर्षे स्नातक तहको Bachelor of Business Studies (BBS) कार्यक्रममा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि निःशुल्क अध्ययन अवसर प्रदान गर्ने घोषणा गरेको छ । मकवानपुरको हेटौँडा–५ स्थित कलेजले आज पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन।

कलेजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत आर्थिक, सामाजिक तथा अन्य विविध कारणले उच्च शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई लक्षित गरी उक्त योजना सञ्चालन गर्न लागेको जानकारी दिएको दिए।

उच्च शिक्षालाई सबैका लागि पहुँचयोग्य, समावेशी र सहज बनाउने उद्देश्यले यो विशेष कार्यक्रम ल्याइएको हो । योजनाअन्तर्गत निर्धारित मापदण्ड पूरा गर्ने तथा कलेजमा भर्ना हुन इच्छुक विद्यार्थीहरूले BBS कार्यक्रममा निःशुल्क अध्ययन गर्ने अवसर प्राप्त गर्ने कलेजका प्राचार्य श्री बहादुर कार्कीका ।

शिक्षामा समान अवसरको सुनिश्चितता आजको आवश्यकता भएको उल्लेख गर्दै यस कार्यक्रमले आर्थिक अभावका कारण उच्च शिक्षाबाट टाढिन बाध्य विद्यार्थीहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे। उनले यस कदमले दक्ष जनशक्ति उत्पादन, सामाजिक उत्तरदायित्व प्रवर्द्धन तथा शैक्षिक पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने कलेजका सिईओ सुमन्ता सिल्वालले बताए ।

स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै आएको हेटौँडा सिटी कलेजको यो पहललाई शैक्षिक क्षेत्रमा सकारात्मक र उदाहरणीय कदमका रूपमा हेरिएको छ । विशेषगरी आर्थिक रूपमा कमजोर तर अध्ययनमा रुचि भएका विद्यार्थीहरूका लागि यो अवसर उच्च शिक्षा हासिल गर्ने महत्वपूर्ण माध्यम बन्न सक्ने अपेक्षा गरिएको छ ।

कलेजले यस अवसरको अधिकतम सदुपयोग गर्न विद्यार्थी, अभिभावक, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई सहयोग र सहकार्यका लागि आग्रह गरेको छ ।

उच्च शिक्षामा समान पहुँच र सामाजिक उत्तरदायित्वलाई जोड दिने हेटौँडा सिटी कलेजको यो निर्णय मकवानपुरको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण तथा स्वागतयोग्य पहलका रूपमा लिइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.