मकवानपुर। नेपाली सेनाले अहिले देशभर निषेधाज्ञा र कर्फ्यू जारी गरेको छ । सेनाले एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू सञ्चालन हुन पाउने र आवश्यक परे सुरक्षाकर्मीसँग समन्वय गर्न पनि अनुरोध गरेको छ।
आज सूचना जारी गर्दै देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको जानकारी दिएका छन । निषेधाज्ञा साँझ ५ बजे सम्म देशभर निरन्तर रहने र भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने बताएको छ।
सेनाले आन्दोलनको नाममा अझै पनि विभिन्न सार्वजनिक सम्पत्ति तोडफोड , लुटपाट हिंस्रक आक्रमण, जस्ता क्रियाकलाप गर्नसक्ने सम्भावना हुँदा निषेधाज्ञा र कर्फ्यू जारी गरिएको जनाएको छ।
प्रतिकृया दिनुहोस्




































