मकवानपुर । धरानका उपमहानगरपलिका मेयर हर्क साम्पाङले आफूलाई समर्थन गर्न आह्वान गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखे “देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस्।
अहिले देशको नेतृत्वको विषयमा विभिन्न नामहरू चर्चामा छन्। जसमा काठमाडौँका मेयर बालेन शाह, पूर्व उपप्रधानमन्त्री रवि लामिछाने, उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङ, हर्क साम्पाङको नाम पनि जोडिएको छ।
जेनजी को सोमबारदेखि भएको आन्दोलन’ मंगलबार पनि निरन्तर रहेको थियो । आन्दोलनकारीहरूले देशका विभिन्न स्थानहरु र सिंहदरबार, राष्ट्रपति भवन, अदालत र नेताहरूका घरमा तोडफोड तथा आगजनी गरेका छन्।
प्रतिकृया दिनुहोस्






















































