मकवानपुर । धरानका उपमहानगरपलिका मेयर हर्क साम्पाङले देशको चिन्ताले काठमाण्डौँ आइपुगेको बताएका छन । सामाजिक सञ्जालमार्फत उनले भने ‘देशको चिन्ताले राति नै उठेर आए । ’
उनले सामाजिक सञ्जालमा जेन जीलाई आफ्नो सम्पर्क नम्बर समेत छोडेका छन। उने थपे अब युवाले कुरा बुझ्नुपर्छ , युबाले कुरा बुझेउ भने निकास पनि दिन सक्छु तर कुरा बुझेन भने धन्यबाद मात्रै दिन सक्छु ।’
अहिले देशको नेतृत्वको विषयमा विभिन्न नामहरू चर्चामा छन्। जसमा काठमाडौँका मेयर बालेन शाह, पूर्व उपप्रधानमन्त्री रवि लामिछाने, उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङ, हर्क साम्पाङको नाम पनि जोडिएको छ।
जेनजी को सोमबारदेखि भएको आन्दोलन’ मंगलबार पनि निरन्तर रहेको थियो । आन्दोलनकारीहरूले देशका विभिन्न स्थानहरु र सिंहदरबार, राष्ट्रपति भवन, अदालत र नेताहरूका घरमा तोडफोड तथा आगजनी गरेका छन्।
प्रतिकृया दिनुहोस्















