नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्ने शक्तिलाई आगामी निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताएका छन्। आइतबार काभ्रेपलाञ्चोकमा आयोजित कार्यक्रममा उनले ‘सिंहदरबार जलाउनेहरूलाई सिंहदरबार बनाउनेहरूले लखेट्नुपर्छ’ भन्दै कडा अभिव्यक्ति दिए।
उनले फागुन २१ गते तोकिएको निर्वाचन हुने अवस्था नरहेको एमालेको निष्कर्ष रहेको बताए। वर्तमान राजनीतिक अवस्थाले देशको भविष्य संकटमा परेको भन्दै सरकारले थप प्रतिगामी कदम चाल्न नसक्ने दाबी गरे।
प्रतिकृया दिनुहोस्



































