निवर्तमान मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा देख्न पार्टी र देश तयार छु : सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोबिता गौतमले काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै पार्टी मात्र होइन, देश नै त्यसका लागि मानसिक रूपमा तयार रहेको दाबी गरेकी छन्।

सोमबार जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै गौतमले मधेश र काठमाडौंको राजनीतिक प्रतीक बनेका दुई पात्र—बालेन शाह र रास्वपा सभापति रवि लामिछाने—एकै मञ्चमा देखिनु परिवर्तनको संकेत भएको बताइन्। जन्मले मधेशका र कर्मले काठमाडौंका छोरा बालेन र सञ्चारबाट राजनीतिमा उदाएका रवि लामिछानेको सहयात्राले नयाँ राजनीतिक युगको झल्को दिएको उनको भनाइ थियो।

बालेन शाहको उपस्थितिले पार्टी पूर्ण भएको अनुभूति भएको उल्लेख गर्दै उनले अबको नेतृत्व र भविष्य यी दुई पात्रको संयोजनबाट स्पष्ट देखिन थालेको दाबी गरिन्।

गौतम पुराना राजनीतिक दलहरूप्रति आक्रामक रूपमा प्रस्तुत भइन्। लामो समयसम्म देशका समस्या ढाकछोप गर्दै लुटतन्त्र चलाउनेहरूलाई रवि लामिछानेले क्यामेराको लेन्समार्फत जनतामाझ उदाङ्गो पारेको उनको टिप्पणी थियो। बालेनले काठमाडौंको फोहोर व्यवस्थापनमार्फत र रविले जनताका आवाज उजागर गर्दै राजनीतिक विश्वसनीयता कमाएको प्रसङ्ग पनि उनले जोडिन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.