झापा–५ मा बालेन शाहले गरे उम्मेदवारी दर्ता, ओलीसँग सिधा भिडन्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन्।

यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट प्राप्त गरेका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनमुखी एजेन्डाका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनले आफूले वैकल्पिक राजनीतिको आवाज संसदसम्म पुर्‍याउने दाबीसमेत गरेका छन्।

यता, यही क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराउँदै छन्। दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेपछि झापा–५ राष्ट्रिय राजनीतिको केन्द्रमा परेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ सर्वाधिक चासो र प्रतिस्पर्धा भएको निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.