प्रतिनिधिसभा सदस्यका लागि १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार ६८ राजनीतिक दलबाट २ हजार २९७ र स्वतन्त्रतर्फ १ हजार १८७ उम्मेदवार मैदानमा उत्रिएका हुन् ।
कूल उम्मेदवारमध्ये ३ हजार ८८ पुरुष, ३ सय ९५ महिला र अन्य समूहबाट एक जना उम्मेदवार रहेका छन् । मनोनयन दर्ताविरुद्ध आज उजुरी दिन सकिने आयोगले जनाएको छ ।
उजुरीपछि जाँचबुझ गर्दै भोलि बेलुका पाँच बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ । माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन पाउनेछन् भने सोही दिन चुनाव चिन्ह पनि प्रदान गरिनेछ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मनोनयन प्रक्रिया सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस्















