माल्दिभ्समा जारी काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । पुलिसले उद्घाटन खेलमा उज्बेकिस्तानको टोलीलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो ।
पुलिसले पहिलो सेट कडा प्रतिस्पर्धाबीच ३०–२८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भने उज्बेकिस्तानले पुनरागमन गर्दै २५–२१ को जित निकाल्यो । त्यसपछि खेलमा पुनः पकड बनाएको पुलिसले तेस्रो सेट २५–२१ र चौथो सेट २५–२३ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
यस जितसँगै नेपाल पुलिस क्लबले प्रतियोगितामा आत्मविश्वासपूर्ण सुरुआत गरेको छ भने आगामी खेलका लागि बलियो दावेदारी प्रस्तुत गरेको छ ।
प्रतिकृया दिनुहोस्


































