इलामको माइजोगमाई क्षेत्रमा ५ रेक्टरको भूकम्प

इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर शनिबार साँझ ५ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार साँझको समयमा आएको भूकम्पले स्थानीयवासीलाई केही समय त्रसित बनाएको थियो। हालसम्म भूकम्पबाट मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

यसअघि पनि गत पुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।
नेपाल भूकम्पीय जोखिमयुक्त हिमाली क्षेत्रमा पर्ने भएकाले बेला–बेला साना तथा मध्यम खालका भूकम्प जाने क्रम जारी रहेको विज्ञहरूले जनाउँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.