थाक्रेमा बस दुर्घटना: चिया पसलमा पसेको बसले एकको ज्यान लियो

धादिङको थाक्रे गाउँपालिका–६ मा आज बिहान दुई वटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

काठमाण्डौबाट रसुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०६ नम्बरको बस र दाङबाट काठमाण्डौतर्फ आउँदै गरेको प्रदेश ३–०१००६ ख १५५२ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा सडकछेउको चिया पसलमा चिया पिइरहेका एक जनाको घटनास्थलमै मृत्यु भएको छ। ज्यान गुमाउनेमा धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङ रहेको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो।

ठक्करपछि एउटा बस अनियन्त्रित भई सडक छेउको चिया पसलमा पसेको थियो। दुर्घटनामा चिया पसल सञ्चालक खगेश्वर शर्मा र रसुवातर्फ जाँदै गरेको बसका यात्रु सफलता पुलामी मगर घाइते भएका छन्। घाइतेमध्ये शर्मालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.