नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गर्दै नयाँ अभियान सुरु गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज भर्चुअल बैठकले चुनावी तयारीका लागि “२१ दिन” अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले पारित गरेको नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ अन्तर्गत, बुँदा नम्बर २१ अनुसार पार्टीका सबै सदस्य फागुन १ देखि २१ गतेसम्म निश्चित जिम्मेवारी र स्थानमा खटिने व्यवस्था गरिएको छ। पार्टीका पदाधिकारी र सदस्यहरूलाई आफ्नै क्षेत्र, पालिका वा वडामा केन्द्रित रहन निर्देशन दिइएको छ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको निर्वाचन परिचालन समितिले “हाम्रो वडा हामी जिताउँछौँ” भन्ने उद्घोषसहित स्थानीय तहमा खटिनुपर्ने नीति बनाएको छ।
यस अभियानले कांग्रेसलाई grassroots तहसम्म सक्रिय बनाउने र सदस्यहरूलाई आफ्नो क्षेत्रमै केन्द्रित राख्ने उद्देश्य राखेको बताइएको छ।



































