रेडियो थाहा सञ्चार ले आफ्नो १८ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। हेटौँडामा आयोजित विशेष समारोहमा सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा श्रोताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा रेडियोले विगत १८ वर्षदेखि सूचना, शिक्षा र मनोरञ्जनको क्षेत्रमा पुर्याएको योगदानको समीक्षा गरिएको थियो। वक्ताहरूले स्थानीय आवाजलाई प्राथमिकता दिँदै समुदायसँग नजिक रहेर काम गर्दै आएको रेडियोको भूमिकाको प्रशंसा गरे।
वार्षिकोत्सवको अवसरमा सम्मान तथा सांगीतिक प्रस्तुति समेत गरिएको थियो। सहभागीहरूले रेडियोले आगामी दिनमा पनि निष्पक्ष र जनमुखी प्रसारणलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।
स्थापनाकालदेखि नै समुदायमुखी प्रसारण गर्दै आएको रेडियो थाहा सञ्चारले डिजिटल माध्यममार्फत पनि आफ्ना कार्यक्रमहरू विस्तार गरिरहेको जनाएको छ।
प्रतिकृया दिनुहोस्


































