आईसीसी टी–२० विश्वकप सुपर एट आजदेखि: पाकिस्तान–न्युजिल्याण्ड भिडन्तबाट शुरुआत

क्रिकेट अन्तर्गत आजदेखि सुपर–एटका खेल शुरू हुँदैछन् । चार समूहका शीर्ष दुई दुई टोलीले यसअघि नै सुपर–एटमा स्थान बनाएका छन् ।

सुपर–एटको पहिलो खेल पाकिस्तान र न्युजिल्याण्डबीच हुँदैछ । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–एटमा पुगेका हुन् ।

साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीचको खेल भोलि अहमदाबादमा हुनेछ । विश्वकपको फाइनल खेल मार्च ८ तारिख अर्थात् यही फागुन २४ मा हुनेछ ।

यसैबीच समूह चरणको हिजो भएको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई हराएको छ । अस्ट्रेलियाले ओमानलाई ९ विकेटले हराएको हो । ओमानले दिएको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले ९ ओभर ४ बलमा १ विकेटको क्षतिमा पूरा गर्यो । यी दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.