कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा राष्ट्रिय भेला गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको आगामी रणनीति तय गर्न राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कांग्रेसले यसअघि सातै प्रदेशमा विभिन्न चरणमा छलफल तथा भेला सम्पन्न गरिसकेको छ । ती छलफलबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय भेलामार्फत पार्टीको आगामी राजनीतिक दिशा र रणनीति तय गरिने सिंहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.