सिद्धार्थ माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा रविना गोले सर्वसम्मत

हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविना गोले सर्वसम्मत चयन भएकी छन्।

साउन २ गते सम्पन्न विद्यालय व्यवस्थापन समितिको निर्वाचनबाट गोलेसहित सरिता दाहाल, अशोक पण्डित र शिवप्रसाद अगस्ती सदस्य पदमा निर्वाचित भएका हुन्। यस्तै, शिक्षक प्रतिनिधिमा मोहन न्यौपाने सर्वसम्मत चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष गोलेसहित समिति सदस्यहरूलाई विभिन्न व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सुशासन, भौतिक पूर्वाधार विकास तथा समग्र उन्नयनमा नवनिर्वाचित समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूले विद्यालयको सर्वाङ्गीण विकासका लागि अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय समुदायसँग सहकार्य गर्दै जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.